

गुल्मीमा बाँदरकाे आतंक बढेपछि काटियो कुकाठ

गुल्मी- जंगली जनाबरले निम्ताएको समस्या निवारण गर्न गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर १ तम्घासले निजी जग्गामा रहेका कुकाठ र झाडी फडानी गरेको छ ।
स्थानीयको निजी जग्गामा रहेका कुकाठ, बाँस, सल्ला, खरी लगायत झाडी फडानी गरि नागरिकलाई सहजता दिएको वडा कार्यालयले जनाएको छ । वडा कार्यालयले तम्घासको उदिनढुंगास्थित आर्दश कोडिङ स्कुलदेखि तिनधारा हुँदै वडानम्बर २ को सिमानासम्मका रुखहरु काटेको हो ।
यतिबेला सुनसन बन्दै गएको गाउँबस्ती कुकाठ र झाडीले भरिभराउ बनिरहेको छ । जसको कारण बाँदरले किसानलाई बाली संरक्षण गर्न सकस मात्रै परेको छैन् ।
तम्घास बजार क्षेत्र नजिकैका नागरिक पनि बाँदर आतंकबाट आजित बनेका छन् । नागरिकको गुनासो बढेसंगै कुकाठ र झाँडी फडानी गरेको वडानम्बर १ का वडाअध्यक्ष रामप्रसाद पन्थीले बताए ।

