नेविसंघले रोबोट प्रतियोगीता आयोजना गर्ने


काठमाडौं- नेपाल विद्यार्थी संघले रोबोटिक वार प्रतियोगिता आयोजना गर्ने भएको छ । बुधबार काठमाडौंमा नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले पत्रकार सम्मेलन गर्दै माघ १३, १४ र १५ गते ‘विश्वकर्मा’ नामक अन्तर्राष्ट्रिय स्तरको रोबोटिक वार प्रतियोगिता आयोजना लागिएको बताए ।

सिर्जना र आविष्कारका प्रतीक ‘विश्वकर्मा’ प्रतियोगितामा नेपाल, भारत, बङ्गलादेश र पाकिस्तान देशबाट १८ समूहले प्रतिस्पर्धा गर्ने उनले जानकारी दिए ।

प्रत्येक सहभागीले आ–आफ्नो राष्ट्र र विश्वविद्यालयको प्रतिनिधित्व गर्नुपर्ने उनले बताए ।

प्रतियोगितामा प्रथम हुने समूहले रू तीन लाख ५० हजार, दोस्रो हुनेले रू एक लाख ५० हजार र अन्य श्रेणीमा विजयी हुने एक समूहले रू एक लाख प्राप्त गर्ने बताए ।

प्रतिक्रिया