यू–१९ विश्वकप : नेपाललाई चौथो क्षति


काठमाडाैं- दक्षिण अफ्रिकामा जारी १५औँ संस्करणको आइसिसी यू–१९ विश्वकपअन्तर्गत समूह ‘डी’ मा रहेका पाकिस्तान र नेपालको खेल जारी छ ।

टस जितेर पहिला ब्याटिङ गरिरहेको नेपाललले यो समाचार तयार पर्दासम्म २१ ओभरमा चार विकेट गुमाएर ८५ रन बनाएको छ ।

पावर प्ले अर्थात् सुरुवाती १० ओभरमा नेपालले २ विकेट गुमाएको थियो ।  नेपालले चौथो विकेटका रूपमा उत्तम मगरलाई गुमाएको हो। २१ औं आभेरमा मगर ४ रन बनाएर क्याच आउट भए।

त्यसअघि तेस्रो विकेटमा रुपमा नेपालले कप्तान देव खनाललाई गुमाएको थियो ।

देव १७.१ ओभरमा २३ रन बनाएर क्याच आउट भए। नेपालका आकाश त्रिपाठी ६.५ ओभरमा ६ रनमा क्याच आउट भए ।

नेपालले पहिलो विकेटको रूपमा ४.२ ओभरमा ओपनर अर्जुनलाई गुमाएको थियो। न्युजिल्यान्डबिरुद्ध उत्कृष्ट ब्याटिङ गर्दे अर्जुनले ९० रन बनाएका थिए ।

नेपालले आजको खेलमा तीन खेलाडी परिवर्तन गरेको छ ।

नेपालले आज दीपक बोहरा ‘ए’, दीपक बोहरा ‘बी’ र सुवास भण्डारीलाई विश्राम दिएर विपिन रावल, दीपकप्रसाद डुम्रे र दुर्गेश गुप्तालाई मौका दिएको हो ।

प्रतिक्रिया