

सीआइबीले गर्दैछ समस्याग्रस्त सहकारीको अनुसन्धान, रवि र जीबीविरुद्धका उजुरी पनि हेर्ने

काठमाडौं- समस्याग्रस्त सहकारीबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले अनुसन्धान गर्ने भएको छ । सहकारी विभागको अनुरोधमा समस्याग्रस्त सहकारीबारे अनुसन्धान थालिन लागेको हो ।
अनुसन्धान अन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नाम समेत जोडिएको पोखरास्थित सूर्यदर्शन सहकारी ठगी मुद्दामा पनि सीआइबीले अनुसन्धान सुरु गरेको छ । उक्त सहकारीमा लामिछाने र ग्यालेक्सी टेलिभिजनका लगानीकर्ता गितेन्द्रबाबु (जीबी) राई पनि जोडिएका छन् ।
सूर्यदर्शनसहित बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको फाइल, चितवनको साहारा सहकारीको फाइल, पर्सा, रुपन्देही, काठमाडौं लगायतका जिल्लामा उजुरी परेको छ ।

