

सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन सुरू

धनगढी – सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन शुक्रबारबाट सुरु भएको छ ।
अघिल्लो अधिवेशन अन्त्य भएको तीन महिनापछि प्रदेश प्रमुखको आह्वानमा प्रदेश सभाको हिउँदे अधिवेशन सुरु गरिएको हो ।
यस अधिवेशनलाई कानुन निर्माण गर्ने अधिवेशनका रूपमा पनि लिने गरिन्छ ।
अधिवेशनको पहिलो बैठकमा सभामुख भीमबहादुर भण्डारीले अधिवेशन आह्वानसम्बन्धी प्रदेश प्रमुखले पठाएको पत्र पढेर सदनलाई सुनाएका थिए ।
सदनमा प्रतिनिधित्व गर्ने दलका नेता तथा सचेतकले विशेष समय लिएर अधिवेशन सफलताको शुभकामना व्यक्त गर्दै प्रदेश सरकारले पर्याप्त ‘बिजनेस’ दिएर सदनलाई चलायमान बनाउन आवश्यक रहेकोमा जोड दिएका छन् ।
विगतको दुई अधिवेशनमा भएको कमिकमजोरीबाट पाठ सिक्दै यो अधिवेशनलाई बढी फलदायी बनाउनुपर्ने उनको धारणा छ ।

