


जहाजविहीन मनाङ एयरले ३ हेलिकप्टर थप्दै

काठमाडौं – निजी क्षेत्रको हेलिकप्टर सेवाप्रदायक कम्पनी मनाङ एयरले करिब १ अर्ब रुपैयाँ लगानी गरेर ३ वटा हेलिकप्टर भित्र्याउने भएको छ ।
गत असोज २७ मा सोलुखुम्बुको लोबुचेमा दुर्घटनापछि जहाजविहीन भएको यो हेलिकप्टर कम्पनीले एक महिनाभित्रै हेलिकप्टर भित्र्याउने भएको हाे ।
मनाङ एयरका प्रबन्धक तथा प्रवक्ता राजु न्यौपानेका अनुसार एउटा हेलिकप्टर आगामी फेब्रुअरी अन्तिमसम्म आइसक्ने छ । यो कम्पनीले खरिद गरेको एउटा हेलिकप्टर १५ दिन अगाडि नै नेपाल ल्याउने काम अगाडि बढिसकेको छ । हेलिकप्टर कार्गोमा आउने र यही ल्याएर जडान गरिने भएको छ । न्यौपानेका अनुसार उक्त हेलिकप्टर मार्च महिनाभित्रै उडाने गरी आवश्यक तयारी भइरहेको छ ।
गत असोजदेखि हेलिकप्टरविहीन भएको यो कम्पनीले दुई महिनापछि नियमित उडान गर्ने गरी तयारी गरिरहेको छ ।

