
राजाविरुद्ध फेसबुकमा लेखेको भन्दै एक जनालाई ५० वर्षको जेल सजाय
काठमाडौं – राजसंस्थाको अपमान हुने गरि टिप्पणी गरेको भन्दै थाइल्यान्डमा एक जनालाई ५० वर्षको जेल सजाय सुनाइएको छ ।
३० वर्षीय मङ्कोन तिराकोटलाई तीन वर्षअघि फेसबुकमा राजसंस्थाको अपमान हुने गरि पोस्ट गरेको एक सामग्रीका लागि दोषी ठहर गर्दै अदालतले २८ वर्षको सजाय सुनाएको थियो । तर त्यसमाथि बिहीबार पुनरावेदन अदालतले २२ वर्ष थप गर्दै ५० वर्ष पुर्याएको हो ।
थाई राजसंस्थाको आलोचना गर्न प्रतिबन्ध लगाउने गरी ल्याइएको कानुनअन्तर्गत अहिलेसम्म दिइएको यो सबैभन्दा कठोर सजाय भएको बीबीसीले जनाएको छ ।
थाईल्यान्डमा ‘लिज मेजेस्टी’ कानुनले राजसंस्थाको आलोचना गर्न प्रतिबन्ध लगाउँदै कडा सजायको व्यवस्था गरेको छ । जसको अहिले चर्को आलोचना हुँदै आएको छ ।



कागजपत्र |
