


लमजुङमा आगलागी हुँदा जलेर महिलाको मृत्यु

लमजुङ- लमजुङको मर्स्याङ्दी गाउँपालिका–४ स्यागेमा घरमा भएको आगलागीमा जलेर एक जनाको मृत्यु भएको छ । गए राति घरमा आगलागी हुँदा ४४ वर्षीया सन्तमाया श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक श्रेष्ठका श्रीमान् ४५ वर्षीय राजेन्द्र श्रेष्ठ भने भागेर बाँच्न सफल भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाइँले बताए।
स्थानीय र प्रहरीले आगो नियन्त्रण गर्ने प्रयास गरे पनि घरसमेत जलेर नष्ट भएको उनको भनाइ छ । क्षतिको मुचुल्का उठाउने कार्य भइरहेको छ ।

