रसिया पठाइदिने भन्दै ७ लाख बढी ठग्ने सराेज थापा पक्राउ


काठमाडाैं – उपत्यका अपराध अनुसन्धान कार्यालयले रसिया पठाइदिने भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

कार्यालयका अनुसार जिल्ला कैलाली लम्कीचुहा न.पा. वडा नं. ६ घर भई हाल जिल्ला काठमाण्डौँ किर्तिपुर न.पा. वडा नं. १०बस्ने भान सिंह थापाको छोरा बर्ष २८ को सरोज थापालाई पक्राउ गरेको हो ।

थापाले मोहन साउँदलाई वैदेशिक रोजगारीको लागि रसिया पठाईदिन्छु त्यसको लागि रु. ७,३०,०००/-( अक्षेरुपी सात लाख तीस हजार रुपैयाँ ) लाग्छ, रसिया पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु, मासिक रु. १,००,०००/-( अक्षेरुपी एक लाख रुपैयाँ ) तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारीनिज पीडितबाट पटकपटक गरी जम्मा रु. ७,३०,०००/-( अक्षेरुपी सात लाख तीस हजार रुपैयाँ ) रकम लिई सम्पर्कविहीन भई ठगी गरेकोले यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निज थापालाई खोज तलास गर्ने पाँगा दोबाटोबाट पक्राउ गरी  थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएको छ ।

प्रतिक्रिया