
नागरिक उन्मुक्तिको महासचिवमा गंगाराम निर्विरोध
धनगढी – नागरिक उन्मुक्ति पार्टीको महासचिवमा प्रतिनिधि सभा सदस्य गङ्गाराम चौधरी निर्विरोध निर्वाचित भएका छन् ।
कैलालीको टीकापुरमा जारी नागरिक उन्मुक्ति पार्टीको पहिलो महाधिवेशनमा महासचिवका लागि लामोसमयदेखि विवाद देखिँदै आए पनि अन्तिम समयमा गंगाराम निर्विरोध निर्वाचित भएका हुन् ।
महासचिवका लागि गङ्गाराम चौधरी, लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री धर्म चौधरी, नेता ठाकुरसिंह थारुले दाबी गरेका थिए । तर अन्तिममा थारुले उम्मेदवारी फिर्ता लिएका थिए भने धर्मलाई पार्टीको अन्य जिम्मेवारी दिने सहमति गराई गङ्गारामलाई महासचिव बनाइएको जनाइएको छ ।



कागजपत्र |
