


रूसी सेनामा गएका प्युठानका साेनुले गुमाए ज्यान

काठमाडाैं – रूसी सेनामा गएका प्यूठानका एक युवकको मृत्यु भएको छ।
प्यूठान नगरपालिका–४ काठेवरका सोनु सुनार (सोमेश) को मृत्यु भएको उपप्रमुख देवेन्द्र बर्माले जानकारी दिए।
सोनुसँगै रूसी फौजमा गएकाले उनको मृत्युको खबर पठाएको बर्माले बताएका छन्।
‘रसियन सेनामा आवद्ध प्युठान नगरपालिका वडा नं ४ काठेवर निवासी सोमेश सुनारको युक्रेन–रूस युद्धमा मृत्युु भएको खबरले मर्माहत भएको छु। उहाँको आत्माको चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्छु,’ उपप्रमुख बर्माले सामाजिक सञ्जालमा लेखेका छन्।

