


गोंगबुमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार तामाङको मृत्यु

काठमाडौं- काठमाडौंमा महानगरपालिका–२६ गोंगबुमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।
हिजो(आइतबार) राति बाप्र०३००१ प ०५०० नम्बरको टिपरले बा५४ प ५२६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार तार्केश्वर नगरपालिका चिसापानी बस्ने गोरखाका २५ वर्षीय रनबहादुर तामाङको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

