


थानकोट बसपार्कमा प्रहरीमाथि हातपात, अनमोल पक्राउ

काठमाडौं- काठमाडौंको चन्द्रागिरी नगरपालिका–३ थानकोट बसपार्कमा प्रहरीमाथि हातपात गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
ड्यूटीमा खटिएको प्रहरीमाथि हातपात गरेको अभियोगमा सर्लाहीको मलंगवा नगरपालिका–६ घर भइ चन्द्रागिरी नगरपालिका–३ खरिबोट बस्ने २६ वर्षीय अनमोल रामलाई प्रहरीले पक्राउ गरेको हो ।
आइतबार राति प्रहरीले जाँच गर्ने क्रममा नागढुंगाबाट आउँदै गरेको बा५७ प ५९४६ नम्बरको स्कुटर चालक रामले हातपात गरेको प्रहरीको भनाई छ ।
त्यसक्रममा प्रहरीको हेड सेटमा समेत क्षति भएको प्रहरीको भनाइ छ ।

