


चुलामा आगो ताप्ने क्रममा जलेर वृद्धाको मृत्यु

बाँके- नेपालगंजको मदनापुर बस्ने ९० वर्षीय छोटेलाल सार्कीको जलेर मृत्यु भएको छ ।
आइतबार आफ्नै घरको चुलामा आगो ताप्ने क्रममा अचानक चुलोमा पर्न गई उनको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

