


जसपाबाट राष्ट्रिय सभामा पूजा चौधरी ‘फाइनल’ !

काठमाडौं — राष्ट्रिय सभा उम्मेदवारका लागि जनता समाजवादी पार्टी (जसपा) ले पूजा चौधरीको नाम पारित भएको छ ।
पार्टीको कार्यकारिणी समितिको बैठकले चौधरीलाई राष्ट्रिय सभा उम्मेदवार बनाउने निर्णय गरेको हो ।
उनी २०७९ मा भएको चुनावमा उनी रौतहट क्षेत्र नम्बर ३ को प्रदेशसभा क्षेत्र (१) बाट उम्मेदवारी दिएकी थिइन् ।
जसपाले सत्ता गठबन्धनसँगको सहमतिमा एक सिट पाएको थियो । माघ ११ मा हुने राष्ट्रिय सभा चुनावका लागि सोमबार उम्मेदवारी दर्ताको कार्यक्रम छ।

