सुदूरपश्चिममा एमालेले टुंग्यायो राष्ट्रिय सभा उम्मेदवार


धनगढी- नेकपा (एमाले) ले सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा सदस्यको उम्मेदवारको टुंगो लगाएको छ। सुदूरपश्चिम प्रदेशमा तीनै सिटमा एमालेले उम्मेदवार टुंग्याएको हो।

११ माघमा हुने राष्ट्रियसभा निर्वाचनका लागि महिलातर्फ कैलालीकी सावित्रा घिमिरे, अपाङ्गतातर्फ कैलालीकै रामचन्द्र जोशी र अन्य क्लस्टरबाट कञ्चनपुरका ईश्वरीप्रसाद खरेल उम्मेदवार बन्ने टुंगो लागेको एमाले सुदूरपश्चिम प्रदेश सचिव रणबहादुर चन्दले जानकारी दिए।

नेकपा एमालेले राष्ट्रियसभा चुनाव हुने सबै १९ पदमै उम्मेदवारी दिने निर्णय गरेको छ। राष्ट्रियसभा चुनावका लागि २३ पुसमा उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ।

प्रतिक्रिया