

विश्वभर कोरोना संक्रमण पुनः फैलियो : डब्ल्यूएचओ

काठमाडौं- विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले विश्वभर पुनः तीव्ररूपमा कोरोना संक्रमण फैलिएको बताएको छ । गत वर्ष मात्रै कोरोना महामारी अन्त्यको घोषणा गरेको डब्ल्यूएचओले अहिले कम चासो र हेलचक्र्याइँका कारण तीव्र गतिमा संक्रमण फैलिएको बताएको हो ।
डब्ल्युएचओले पृथ्वीको उत्तरी गोलार्धका देशहरूमा चिसोको समयमा संक्रमणको गति अधिक मात्रामा वृद्धि हुने अनुमान गरेको छ ।
अहिले फैलिरहेको कोभिडको नयाँ भेरियन्ट जेएन–वान हो । यसको संक्रमणको गति तीव्र छ । यो सन् २०२२ मा सर्वाधिक फैलिएको ओमिक्रोन भेरियन्टकै नयाँ स्वरुप हो ।

