

बंगलादेशमा गुडिरहेको रेलमा आगलागी

काठमाडौं- बंगलादेशमा गुडिरहेको रेलमा आगलागी भएको छ ।
शुक्रबार राति बेनापोलबाट ढाका जाँदै गरेको रेलमा आगलागी भएको बंगलादेशको दमकल सेवाले जनाएको छ ।
अहिलेसम्म रेलबाट चार शव निकालिएको र्यापिड एक्सन बटालियनका मिडिया निर्देशक अल मोइनले बताए ।
रेलका केही डिब्बामा आगो देखिएपछि रेल रोकिएको र त्यसपछि स्थानीयले आगो निभाउने प्रयास थालेको बताइएको छ।

