सबै स्थानीय तहलाई ‘अवकाश कोष’ स्थापना गर्न परिपत्र


काठमाडौं- सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई ‘अवकाश कोष’ स्थापना गर्न अनुरोध गरेको छ ।

बिहीबार परिपत्र गर्दै मन्त्रालयले दीर्घकालीन दायित्व बढ्दै गएको र कर्मचारीहरू सेवा सुविधाबाटसमेत वञ्चित हुने अवस्था सिर्जना भएकाले कोषको व्यवस्थापन गर्न अनुरोध गरेको हो ।

गत मङ्गलवार सचिव स्तरीय बैठकबाट निर्णय गर्दै अनिवार्य कोष सञ्चालन गर्न परिपत्र गर्ने निर्णय गरिएको थियो ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ९१ मा अवकाश कोषको व्यवस्था गरिएको छ । तर, अहिलेसम्म कुनै पनि स्थानीय तहले उक्त कोष स्थापना गरेका छैनन् ।

प्रतिक्रिया