राष्ट्रिय सभाको उम्मेदवार चयनका लागि कांग्रेसले बोलायो कार्य सम्पादन समितिको बैठक


काठमाडौं – नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

राष्ट्रियसभा निर्वाचनमा उम्मेदवारको टुंगो लगाउने कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलाएको हो । पार्टी कार्यालय सानेपामा शनिबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको कांग्रेसका मुख्यचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

आगामी माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनका लागि पुस २३ मा उम्मेदवारी दर्ताको समय छ । आगामी फागुन २० गते एमालेका ९, कांग्रेसका ४ माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी २० सांसदको पदावधि सकिँदै छ ।

राष्ट्रिय सभा सदस्यहरूको पद रिक्त हुने एक महिना अगाडि नै निर्वाचन गराउनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया