

जापानमा अवतरणका क्रममा विमानमा आगलागी

काठमाडौं- जापान एयरलाइन्सको एउटा विमानमा आगलागी भएको छ । टोकियोस्थित हानेदा विमानस्थलमा अवतरणका क्रममा विमानमा आगलागी भएको हो ।
एनएचके र रोयटर्स समाचारसंस्थाले जापान एअरलाइन्सलाई उद्धृत गर्दै विमानमा सवार सबै ३७९ यात्रुको उद्धार गरिएको जनाएका छन् ।
धावनमार्गमा आगो निभाउन अग्निनियन्त्रकहरूले प्रयास गरिरहेका छन् । अधिकारीहरूलाई उद्धृत गर्दै एनएचकेले अवतरणलगत्तै उक्त विमान अर्को विमानसँग ठोक्किएको हुन सक्ने जनाएको छ ।
जेएएल५१६ विमान उत्तरी जापानको होकाइदोबाट आएको जनाइएको छ ।

