
मन्त्रिपरिषद् पुनर्गठनको तयारी छ : अग्नि सापकोटा
काठमाडौं–नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले मन्त्रिपरिषद् पुनर्गठनका बारेमा छलफल भएको बताएका छन् ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीको विशेष रूपान्तरण अभियानको समापनका लागि आयोजित पत्रकार सम्मेलनमा बोल्दै सापकोटाले प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिले पुनर्गठनका लागि तयारी गरिरहेको भन्ने बुझिने बताए ।
उनले गठबन्धन सरकार भएको हुनाले गठबन्धनमा राम्रो समझदारी गरेर मात्रै निष्कर्षमा पुग्ने प्रधानमन्त्रीको तयारी रहेको बताए । ‘प्रधानमन्त्रीको अभिव्यक्ति बुझ्दा आवश्यक पर्दा पुनःगठनका लागि तयारी गर्दैछु भन्ने छ । गठबन्धन सरकार भएको हुनाले गठबन्धनमा राम्रो समझदारी गरेर मात्रै निष्कर्षमा पुग्नुपर्छ भन्ने लागेको छ । तर, ठोस समीक्षा भएको छैन’ उनले भने ।



कागजपत्र |
