

मन्त्री फेरेर काम हुन्छ भन्ने के छ ? : शशांक कोइराला

काठमाडौं- नेपाली कांग्रेसका नेता शशांक कोइरालाले मन्त्री फेरेर काम नहुने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकबाट बिहीबार निस्कने क्रममा उनले व्यक्ति परिवर्तन गरेर काम नहुने बताए ।
‘मान्छे परिवर्तन गरेर हुँदैन । मन्त्री फेरेर काम हुन्छ भन्ने के छ ?’ , कोइरालाले भने ।
नेता कोइरालाले अहिलेका मन्त्रीहरूका तर्फबाट काम नभएको उल्लेख गर्दै के काम गर्ने हो त्यो पहिला निर्णय गर्नुपर्ने बताए ।

