पशुपति विकास कोषको निर्देशकमा पुनलाई नियुक्त गर्ने निर्णयको कागजात मागियो


काठमाडौं – संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा लक्ष्मी पुनलाई नियुक्त गर्ने निर्णयको कागजात माग गरेको छ ।

बिहीबार सिहंदरबारमा बसेको समितिको बैठकले पुनलाई नियुक्त गर्ने निर्णयको कागजात उपलब्ध गराउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएको हो ।

समितिले कोषमा हालै नियुक्त गरिएका कार्यकारी निर्देशकको नियुक्ति सम्बन्धी प्रमाणित हुने कागजातहरू निर्णयको माइन्युट, निजको शैक्षिक योग्यता र अनुभवको प्रमाणपत्र तीन दिन भित्र समितिमा उपलब्ध गराउन निर्देशन दिएको छ ।

केहि दिनअघि पशुपति क्षेत्र विकास सञ्चालक परिषद्को बैठकले कोषको कार्यकारी निर्देशकका लक्ष्मी पुन नियुक्त गरेको थियो । नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्यसमेत रहेकी पुन इसाई धर्म मान्ने रहेको भन्दै आलोचना भइरहेको छ ।

 

प्रतिक्रिया