लुम्बिनीका दुई नवनियुक्त मन्त्रीले लिए शपथ


बुटवल – लुम्बिनी प्रदेशका दुई नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन्।

शनिवार नियुक्त भएका मन्त्रीहरू कृष्णा केसी र सरोज थापालाई आइतबार प्रदेश प्रमुख अमिक शेरचनले शपथ ग्रहण गराएका हुन्।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नेकपा माओबादी केन्द्रकी केसीलाई सहरी विकास मन्त्री र नेपाली कांग्रेसका थापालाई उद्योग तथा यातायात मन्त्रीमा नियुक्त गरेका थिए।

लुम्बिनीका मुख्यमन्त्रीले एक मन्त्रालय अझै आफैंसँग राखेका छन्।

थापा र केसी शपथ लिएसँगै लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित मन्त्रीहरूको सङ्ख्या ९ पुगेको छ ।

प्रतिक्रिया