
खेलाडी छनोटमा कुनै दबाव र प्रभाव नराख्न क्यानका अध्यक्ष चन्दको आग्रह
बैतडी- नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले खेलाडी छनोटमा कुनै दबाव र प्रभाव नराख्न आग्रह गरेका छन् ।
बैतडीमा आजदेखि शुरु भएको सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष चन्दले खेलाडी छनोटमा कसैले पनि दबाव र प्रभाव नराख्न आग्रह गरेका हुन् ।
खेलाडीहरूले देशका लागि खेल्ने भएकाले उत्कृष्ट खेल र अनुशासनका आधारमा खेलाडी छनोट गरिने उनले बताए। उनले भने, ‘राम्रो प्रदर्शन गर्ने खेलाडी स्वतः छनोटमा पर्छन्, छनोटका लागि सबै तहमा क्यानले समिति बनाएको छ ।’
खेलाडीको हकहितका लागि कुनै कसर बाँकी नराख्ने बताउँदै अध्यक्ष चन्दले क्रिकेटको विकासका लागि क्यानले काम गरिरहेको बताए ।



कागजपत्र |
