जाजरकोटमा तरुण दलले भूकम्पपीडितका लागि अस्थायी टहरा बनाउँदै


रुकुम पश्चिम- नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले जाजरकोटमा भूकम्पपीडितका लागि अस्थायी टहरा निर्माण गरिरहेको छ । ५० जना युवाहरुले ४ समूह बनाएर टहरा निर्माणको काम गरिरहेका छन् ।

जिल्ला सदरमुकाम खलंगामा स्थानीय युवा समेतको सहभागितामा निर्माणको काम गरिरहेको तरुण दलका केन्द्रीय अध्यक्ष भुवन गुरुङले बताए । हिलेसम्म ४० वटा घरको फाउन्डेसनको काम सकिएको उनले बताए ।

अबको तीन दिनभित्र ६० टहरा निर्माण गर्ने लक्ष्य रहेको उनको भनाई छ ।

 

प्रतिक्रिया