

कुँवर र पौडेल उच्च अदालतको न्यायाधीश नियुक्त

काठमाडौँ – सर्वोच्च अदालतका मुख्य रजिष्टार लालवहादुर कुँवर र रजिष्टार निर्मला पौडेल भट्टराई उच्च अदालतको न्यायाधीश नियुक्त भएका छन् ।
न्याय परिषद्को आज बसेको बैठकले कुँवर र पौडेललाई उच्चको न्यायाधीशमा नियुक्ति सिफारिस गरेको हो ।
पछिल्लो नियमावली संशोधनपछि शीर्ष वरियतामा रहनेगरी कुँवर न्यायाधीश बनेका हुन् ।
न्यायाधीश नियुक्त भएका कुँवर उच्च अदालत पाटन र पौडेल पोखरामा पदस्थापन समेत भएका छन् ।

