

मावि तहका लागि ४३५ शिक्षक माग

काठमाडौं- शिक्षक सेवा आयोगले माध्यमिक तहमा ४३५ शिक्षक माग गरेको छ । । आइतबार सार्वजनिक सूचना जारी गर्दै आयोगले मावि तह तृतीय श्रेणी शिक्षक पदका लागि योग्यता पुगेका इच्छुकहरूबाट दरखास्त आह्वान गरेको हो।
उक्त पदमा दरखास्त दिन चाहनेका लागि आइतबार विहान १० बजेदेखि नै अनलाइन फारम भर्न सकिने व्यवस्था गर्ने आयोगले जनाएको छ । शिक्षकको विज्ञापन गतवर्ष जस्तै प्रदेशगत रूपमा माग गरेको छ ।
उक्त विज्ञापनमा माघ ८ गतेसम्म नियमित दस्तुर तिरेर फारम भर्न सकिने र त्यसपछि माघ १५ गतेसम्म दोब्बर दस्तुर तिरेर फारम भर्न सकिने आयोगले जनाएको छ ।

