

सर्वोच्चका मुख्य रजिष्ट्रार र रजिष्ट्रार उच्च अदालतको न्यायाधीशमा सिफारिस

काठमाडौं – न्याय परिषदले सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर र रजिष्ट्रार निर्मला पौडेललाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ।
आज बसेको बैठकले कुँवरलाई उच्च अदालत पाटन र पौडेललाई उच्च अदालत पोखरामा न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो।
परिषदको सिफारिसमा प्रधानन्यायाधीशले उच्च अदालतका न्यायाधीश नियुक्ति गर्ने कानुनी व्यवस्था छ।
त्यस्तै न्यायपरिषद्ले उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीश चन्द्रबहादुर सारुलाई उच्च अदालत तुलसीपुरको नेपालगन्ज इजलासमा सरुवा गरेको छ ।
न्यापरिषद्ले राजश्व न्यायाधिकरण नेपालगन्जको कानुन सदस्य एवं अध्यक्ष पदमा उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका न्यायाधीश टङ्क प्रसाद गुरुङलाई तोक्ने परामर्श दिएको छ ।

