हतकडीसहित फरार भए थुनुवा


जनकपुरधाम- बाल यौन दुर्व्यवहार आरोपमा पक्राउ गरी म्याद थपका लागि ल्याइएको एक आरोपित जिल्ला सरकारी वकिलको कार्यालय अगाडिबाट हतकडीसहित फरार भएका छन्।

आरोपित छोटु हतकडीसहित फरार भएको सिरहा प्रहरी प्रवक्ता रविन्द्रराज पाण्डेले पुष्टि गरेका छन् ।

बाल यौन दुर्व्यवहार आरोपमा सदालाई बिहीबार लहान प्रहरीले पक्राउ गरी हिरासतमा राखेको थियो । शुक्रबार दिउँसो करिब ३ बजे म्याद थपका लागि जिल्ला सरकारी वकिलको कार्यालय सिरहा पुर्‍याइएको थियो ।

प्रहरीको भ्यानबाट तल ओराल्ने क्रममा सदा हतकडीसहित भागेको डिएसपी पाण्डेले बताए । अहिले उनको खोजी भइरहेको छ ।

प्रतिक्रिया