

३६ किलो गाँजासहित भारतीय गाडी बरामद

काठमाडौं — प्रहरीले बाराको सिमाराबाट ३६ किलो गाँजासहित भारतीय गाडी नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार पथलैया प्रहरी चौकीबाट खटिएको एक टोलीले शुक्रबार बिहान जितपुर सिमरा उपमहानगरपालिका वडा नं. १ पथलैयास्थित सर्भिस लाइनमा पार्किङ गरिराखेको भारतीय नम्ब प्लेटको स्कोरपियो गाडीमा रहेको ३६ किलो गाँजा बरामद भएको छ ।
प्रहरीका अनुसार उक्त गाडीको पछाडीको भागमा बक्स बनाई राखेको अवस्थामा भेटिएको छ ।
प्रहरीले उक्त गाडी र बरामद भएको गाँजाको थप अनुसन्धान कार्य सुरु गरिसकेको छ ।

