‘जनतासँग माओवादी’ विशेष रूपान्तरण अभियान सफल भएको माओवादीकाे निष्कर्ष


काठमाडौं – नेकपा माओवादी केन्द्रले भदौ १६ गतेदेखि थालेको ‘जनतासँग माओवादी’ विशेष रूपान्तरण अभियान सफल भएको निष्कर्ष निकालेको छ ।

प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले यो अभियानले पार्टीलाई जनतातर्फ फर्काएको निष्कर्ष निकालेको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।

उनले भने, ‘यो अभियानले पार्टीलाई गतिशील, जीवन्त र चलायमान बनाएको छ । माओवादीलाई फेरि जनतासँग जोडेको छ । त्यसैले यो अभियान सफल भएको निष्कर्षसहित आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने भन्नेछ ।’

उनले अभियानको आगामी १६ गते वृहत् जनपरिचालनसहित पालिकास्तरमा समापन गर्ने निर्णय भएको बताए ।

प्रतिक्रिया