
माओवादीको विधान मस्यौदा समिति गठन, को–को छन् त समितिमा ?
काठमाडौं – नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले विधान अधिवेशनका लागि फागुन पहिलो साताको मिति तय गरेको छ ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले फागुनको पहिलो साता विधान अधिवेशन गर्ने निर्णय गर्दै विधानको मस्यौदाका लागि ७ सदस्यीय समिति समेत बनाएको छ ।
समितिमा उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरूङ, उपमहासचिवहरू वर्षमान पुन, जनार्दन शर्मा र गिरिराजमणि पोखरेल तथा सचिवहरू राम कार्की र गणेश साह छन्।
मस्यौदा समितिलाई १५ दिनभित्र मस्यौदा तयार पारेर १ महिना जिल्ला जिल्लामा छलफल चलाउन बैठकले निर्देशन दिएको सचिव देवेन्द्र पौडेलले जानकारी दिए।



कागजपत्र |
