काठमाडाैंका ५ स्थललाई निषेधित क्षेत्र घोषणा गर्ने प्रशासनको निर्णय (आदेशसहित)


काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडाैंले काठमाडौंका मुख्य ५ स्थललाई आगामी २ महिनाका लागि निषेधित क्षेत्र तोकेको छ ।

कार्यालयले एक सूचना जारी गर्दै राष्ट्रपति कार्यालय शीतल निवासदेखि प्रधानमन्त्री निवास बालुवाटार, संघीय संसद भवन, सिंहदरबार हुँदै उपराष्ट्रपति कार्यालय र माइतीघर मण्डलादेखि बानेश्वर चोकसम्मलाई दुई महिनाका लागि निषेधित क्षेत्र तोकेको हो ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ (क) बमोजिम जिल्ला प्रशासन कार्यालय काठमाडौंले पाँच वटा क्षेत्रलाई आगामी दुई महिनासम्मका लागि निषेधित क्षेत्र तोकिएको प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले जानकारी दिए ।

उनका अनुसार उक्त क्षेत्रमा दुई महिनासम्म पाँच जनाभन्दा बढी व्यक्ति भेला भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ ।

प्रतिक्रिया