३० करोड बढी लगानीमा नेपालीले खोले बरदुबईमा नेपाली रेष्टुरेन्ट र क्लब


युएई – वैदेशिक रोजगारको प्रमुख गन्तव्यस्थल युएईमा नेपाली रेष्टुरेन्ट र क्लब सञ्चालनमा आएको छ ।

काष्ठमाण्डप नेपाली रेष्टुरेन्ट र क्लब एसके सेभन नाम दिएर बरदुबईको पुरानो एचएसबिसी बैंकको एम फ्लोरमा उक्त रेष्टुरेन्ट र क्लब सञ्चालनमा ल्याइएको क्लबका महाप्रबन्धक जेम्स गुरुङले जनाए ।

नेपाली स्वाद,नेपाली परिकार साथै शुद्धता, सरसफाई, गुणस्तर, पारिवारिक वातावरण, बैंठक तथा सभा हल, पर्याप्त पार्किङ उक्त रेष्टुरेन्ट र क्लबको प्रमुख विशेषता रहेको छ । रेष्टुरेन्टबाट बरदुवईको सुन्दर रमणीय दृश्य समेत अवलोकन गर्न पाइनेछ ।

दुबईको मुख्य सहर, विश्वभरबाट आउने पर्यटकको मुख्य गन्तव्य भएका कारण ग्राहकलाई सुविधा हुने रेष्टुरेन्ट व्यवस्थापकको विश्वास छ । रेष्टुरेन्टको १ सय ९ जना सम्म क्षमता रहेको छ । एकैंपटक १ सय भन्दा धेरैं ग्राहकलाई सहज सुविधायुक्त ढंगले सेवा दिन सकिनेछ ।

नेपालीहरु विदेशमा काम गर्न मात्रै हैन व्यापार पनि आउछन् भन्ने सन्देश पनि जानेगरी नेपाली समुदायलाई सुविधाजनक ढंगले गुणस्तरयुक्त सेवा दिनको लागी रेष्टुरेन्ट र क्लब संचालनमा ल्याएको सञ्चालक सरोज बिष्टले बताए । ‘ मध्यम खर्चमा पनि स्वस्थ खाना र पुर्ण मनोरञ्जन दिने उद्देश्यले रेष्टुरेन्ट र क्लव स्थापना गरिएको छ ।’

‘विश्वमा नेपाली स्वाद र नेपाली खानाको परिकार कस्तो हुन्छ भन्ने चिनाउनुछ । हामी नेपाली कामदार मात्रै हैन व्यापार गर्न सक्छौं भन्ने सन्देश दिनुछ, विश्वभर शाखा बिस्तार गर्ने अभियान हामीले युएईबाट सुरु गरेका छौँ । हामीसंग काम गर्ने सबै कामदार नेपालीहरु नै रहनेछ’, विष्टले बताए ।

करिब ९ सयजना भन्दा बढी क्षमता भएको क्लव एसके सेभेनमा आधुनिक प्रविधि जडान गरिएको छ । क्लवमा साउण्ड सिष्टम, लाईटिङ लगायतका आधुनिक प्रविधि जडान गरि उत्कृष्ट व्यवस्थापन गरिएको छ । करिब ३० करोड भन्दा बढी नेपाली रुपैयाँ लगानीमा संचालनमा ल्याइएको सञ्चालकहरुले जनाएका छन् ।

   

प्रतिक्रिया