

हिक्मत कार्कीलाई कोरोना संक्रमण

विराटनगर– प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
बिहीबार पीसीआर गरेका कार्कीलाई शुक्रबार कोरोना पोजेटिभ देखिएको हो । मन्त्री कार्कीले सामाजिक सञ्जाल फेसबुक मार्फत यसबारे जानकारी दिएका छन् ।
पोजेटिभ देखिएपछि बिराटनगरमा आफ्नै निवासमा आइसोलेसनमा बसेको कार्कीले जानकारी दिए ।

