एमालेले अब हुलाकी राजमार्ग केन्द्रित यात्रा गर्ने


विराटनगर – नेकपा एमालेले अब हुलाकी राजमार्ग केन्द्रित यात्रा गर्ने जनाएको छ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सो जानकारी दिएका हुन् ।

महासचिव पोखरेलले भने, ‘मध्यपहाडी यात्रा अभूतपूर्व रुपमा सफल भयो, यसबाट हामी उत्साहित छौं । अब पार्टीले हुलाकी राजमार्ग केन्द्रित यात्रा गर्ने निर्णय गर्छ ।’

नेकपा एमालेले गत मंसिर १४ गतेदेखि पुस ३ गतेसम्म बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी राजमार्ग केन्द्रित अभियान चलाएको थियो ।

एमालेले पुस ५ गते काठमाडौंमा बैठक बसेर उक्त अभियानको समीक्षा गर्दै छ। एमाले महासचिव पोखरेलले झुलाघाट–चिवाभञ्ज्याङ यात्रा सफल भएको बताए ।

यात्राका क्रममा नेकपा एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति अभूतपूर्व क्रेज देखिएको जिकीर गरे ।

प्रतिक्रिया