कोशीमा राप्रपालाई सभामुख दिन सत्तागठबन्धन तयार


कोशी- कोशी प्रदेशमा सभामुख पद पाँच महिनादेखि रिक्त छ । अब भने राप्रपालाई सभामुख पद दिन सत्तागठबन्धन तयार भएको छ । कांग्रेसका केदार कार्की नेतृत्वको सरकारलाई टिकाइराख्न प्रदेश सभामा ६ सिट रहेको राप्रपा निर्णायक देखिएपछि सभामुख दिन सत्तागठबन्धन तयार भएको हो ।

गठबन्धनका नेताहरू अहिले राप्रपाका नेतृत्वसँग निरन्तर छलफलमा छन् । यसै साता सभामुख चयन प्रक्रिया सुरु गर्ने गरी राप्रपालाई गठबन्धनमा भित्राउने तयारी भइरहेको कांग्रेस संसदीय दलका नेता उद्धव थापाले बताए ।

तर, राप्रपाले भने सभामुख पद लिन सर्त अघि सारेको छ । राप्रपाका सांसदलाई सर्वसम्मत सभामुख बनाउनका लागि गठबन्धन र एमाले दुवैसँग छलफल भइरहेको राप्रपा कोशीका संसदीय दलका नेता भक्ति सिटौलाले बताए ।

प्रतिक्रिया