


राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनाको माग असंवैधानिक होइन भन्ने स्थापित भयाे: अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाको माग राख्नु असंवैधानिक होइन भन्ने कुरा स्थापित भएको बताएका छन् ।
आइतबारबाट काठमाडौंमा सुरु भएको पार्टी केन्द्रीय कार्य समिति बैठकको उद्घाटन गर्दै उनले नेपालका राजासहितको प्रजातन्त्रको कुरा गर्नु, हिन्दुराष्ट्र पुनःस्थापना र संघीयताको खारेजीको माग राख्नु अवैधानिक होइन भन्ने कुरा आफ्नो पार्टीले स्थापित गराएको बताएका हुन् ।
अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दूराष्ट्र पुनर्स्थापनाका लागि आन्दोलनमा जाने प्रस्ताव राखेका छन् । ‘आ–आफ्नो सांगठनिक तागतमा चारैतिरबाट आन्दोलन र जनदबाब सिर्जना गरौँ’ । राप्रपाबारे भ्रम सिर्जना गर्ने, राप्रपा नेतृत्वलाई योजनाबद्ध रुपमा बदनाम गर्ने काम भने रोकिनुपर्छ’ बैठकमा लिङ्देनले भनेका छन् ।

