राप्रपाले महेन्द्रनगरमा महेन्द्रको शालिक राख्दै, सुरक्षा व्यवस्था कडा


कञ्चनपुर- राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आज(बिहीबार) कञ्चनपुरको महेन्द्रनगरमा राजा महेन्द्रको शालिक स्थापना गर्दैछ । महेन्द्रनगरको संविधान चोकमा राप्रपाले शालिक स्थापना गर्ने भएको हो ।

पार्टीले शालिक स्थापना गर्ने भएसँगै सुरक्षा व्यवस्था कडा पारिएको छ । महेन्द्रनगर बजार क्षेत्रमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ । शालिक स्थापना हुने क्षेत्र संविधान चोकसहित दशरथ, मदन चोकमा आवजावतमा रोक लगाइएको हो ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको उपस्थितिमा आज आम सभा हुँदैछ । शालिक स्थापना र आम सभालाई सम्बोधन गर्न पार्टी अध्यक्ष लिङ्देन कञ्चनपुर पुगिसकेका छन् ।

शालिक स्थापनाविरुद्ध जिल्लाका ८ राजनीतिक दलले विज्ञप्ति निकालेका थिए ।

 

प्रतिक्रिया