भोजपुरमा ओलीलाई कालो झण्डा, आधा दर्जन पहिचानवादी पक्राउ


विराटनगर : भोजपुरको सदरमुकाम बजारमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कालो झण्डा देखाएका छन् ।

पहिचान पक्षधरहरूले नेकपा एमालेको संकल्प यात्रामा बुधबार भोजपुर पुगेको अध्यक्ष ओलीविरुद्ध नाराबाजी गर्दै कालो झण्डा देखाएका हुन्।

पहिचान पक्षधरहरूले एमाले पार्टी कार्यालय अगाडि विरोध प्रदर्शन समेत गरेका छन् ।

कालो झण्डा देखाउने पहिचान पक्षधर नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको जनता समाजवाद नेपालका सदस्य तथा लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिमले जानकारी दिए ।

पक्राउ पर्नेमा जसपा भोजपुरका जिल्ला उपाध्यक्ष मन्जु राई, जिल्ला सदस्य दिनेश राइई, धिरज राई, मणी राई, विद्यार्थी नेता धिरेन खिम्बु , तयाबङु राई र विकास रहेका छन् ।

प्रतिक्रिया