पाँचखालमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु


काठमाडौं- काभ्रेपलाञ्चोकको पाँचखालमा मोटरसायकल दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेकै रूपक खत्री रहेका छन् ।

मोटरसाइकललाई ठक्कर दिने सवारीसाधन पहिचान भइसकेको छैन ।

उक्त घटना भएपश्चात् स्थानीयले अरनिको राजमार्ग अवरुद्ध गरेका छन् । मृतकको शव दुर्घटनास्थलमै रहेको छ ।

प्रतिक्रिया