माडर बसपार्कबाट लागुऔषधसहित दुई युवक पक्राउ


सिरहा- सिरहाको दक्षिणी सीमावर्ती माडर बसपार्कबाट प्रहरीले बुधबार प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित दुई युवकलाई पक्राउ गरको छ ।

बुधबार अपरान्ह करिब साढे ४ बजेतिर सिरहा नगरपालिका १७ माडरस्थित बसपार्कमा भारतबाट नेपालतर्फ आउँदै गरेका दुई जनामाथि शंका लागेपछि रोकेर चेकजाँच गर्दा ब्राउनसुगर बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रहरी टोलीले चेकजाँचको क्रममा सिरहाको मिर्चैया नगपालिका ५ का करिब १८ वर्षीय रुपेश पासवान र २४ वर्षीय कृष्णाकुमार यादवलाई प्लाष्टिकमा पोको पारेको एक ग्राम ७२ मिलिग्राम ब्राउनसुगर बरामद भएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

दुवै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान कार्य भइरहेको छ ।

प्रतिक्रिया