बालकृष्ण खाँणको मुद्दा न्यायाधीश कोइरालाको इजलासमा, आज छुट्लान् त बालकृष्ण ?


ललितपुर – नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणको मुद्दाको आज सुनुवाई हुँदैछ ।

उक्त मुद्दा उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको एकल इजलासमा परेको छ ।

यसअघिको इजलासमा उनलाई थुनामा पठाउने कि नपठाउने भन्दै न्यायाधीशको राय बाझिएपछि त्यतिबेला उनका बारेमा फैसला भएको थिएन ।

न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलबीच खाणलाई धरौटीमा रिहा गर्ने कि थुनामै राख्ने भन्नेमा राय बाझिएको थियो । पाण्डेले खाणलाई ३० लाख धरौटीमा छाड्नुपर्छ र खरेलले थुनामै राख्नुपर्छ भन्ने राय दिएका थिए ।

उक्त मुद्दाका केही यसअघि उच्च अदालतकै आदेशमा धरौटीमा र सामान्य तारिखमा छुटेका थिए ।

प्रतिक्रिया