शेयरबजारमा झिनो सुधार, झण्डै ४ अर्बको कारोबार


काठमाडौं — बुधबार पनि शेयर बजारमा झिनो अंकले सुधार आएको छ । मौद्रीक नीति आएको पहिलो दिन ठूलो अंकले बढेको नेप्सेमा त्यसपछि लयात्मक हिसाबले कारोबार भइरहेको छ । बुधबा कारोबार अवधिमा कहिले ११ अंकसम्म घट्ने कहिले २७ अंकसम्म बढ्ने भयो। तर पनि कारोबार रकम भने उच्च नै छ। यसदिन बजार बन्द हुँदा नेप्से २.६० अंकले बढेर १९८८.०४ बिन्दुमा पुगेको छ।

कारोबार रकम ३ अर्ब ९० करोड ९१ लाख ९८ हजार ५७० पुगेको छ। मंगलबार ४ अर्ब ३० करोड ९० लाख १९ हजार १९६ रूपैयाँको कारोबार भएको थियो। अघिल्लो दिनको तुलनामा कारोबार रकम ४० करोड रूपैयाँ घटेको हो।

यस दिन २९२ वटा धितोपत्रको १ करोड २० लाख ९५ हजार ५३९ कित्ता सेयर किनबेच भएको हो।

बुधबार १३४ कम्पनीको सेयर मूल्य बढेको छ भने १०० वटाको घटेको छ। यस्तै, ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

यसदिन बोटलर्स नेपाल बालाजुको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। उक्त कम्पनीको सेयर मूल्य ३ हजार २६५ रूपैयाँ २० पैसा पुगेको छ।

बुधबार सोनापुर मिनरल्सको सर्वाधिक कारोबार भएको छ।

उक्त कम्पनीको प्रतिकित्ता ३५९ रूपैयाँमा १४ करोड ६७ लाख बराबरको सेयर कारोबार भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा ०.५० प्रतिशत घटेको हो।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये होटल्स तथा पर्यटन, जीवन बीमा, निर्जीवन बीमा र व्यापार समूहको परिसूचक घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ।

प्रतिक्रिया