लुम्बिनीमा महिला कर्मचारीलाई महिनावारी बिदा


बुटवल- लुम्बिनीमा प्रदेशमा काम गर्ने निजामती कर्मचारीले महिनावारी बिदा पाउने भएका छन् ।

प्रदेश सभाबाट पारित भई मंसिर २१ गते प्रमाणीकरण भएकेको प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तसम्बन्धी ऐनले ‘महिनावारी बिदा’को व्यवस्था गरेको हो ।

तर कति दिन दिने, को–कोलाई दिने भन्ने कुरा नियमावली आएपछि मात्रै जानकारी हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय लुम्बिनीका सूचना अधिकारी भूमिश्वर घिमिरेले बताए ।

प्रदेश निजामती सेवा विधेयक गत असार २२ गते प्रदेश सभामा दर्ता भएको थियो । दर्ता भएको विधेयक दफावार छलफल भएर गएको भदौ २२ गते प्रदेश सभाबाट पारित भएको थियो ।

प्रतिक्रिया