एमालेको संकल्प यात्रा बिथोल्न खोज्ने पाँचजना पक्राउ


उदयपुर- उदयपुरको घुर्मी बजारबाट नेकपा एमालेको संकल्प यात्रा बिथोल्न खोज्ने पाँचजना पक्राउ परेका छन् । मंगलबार कटारी नगरपालिका– १४ मा पर्ने घुर्मी बजारबाट पाँचजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी रमेश थापाले बताए ।

कोशी प्रदेशको पुनः नामकरणको माग गर्दै हर्कपुर बजारमा आयोजना हुने एमालेको आमसभा रोक्न खोजेको आरोपमा पाँचजना पक्राउ परेका हुन् ।

एमालेको संकल्प यात्रालाई कोशी प्रदेशमा रोक्ने घोषणापछि सडकमा उत्रिएका पाँचजनालाई पक्राउ गरेको एसपी थापले बताए ।

एमालेको मध्यपहाडी लोकमार्गकेन्द्रित संकल्प यात्रालाई रोक्न भन्दै पहिचान पक्षधरले पहाडी जिल्लामा बन्द आह्वान गरेका थिए ।

 

प्रतिक्रिया