नेपाल भारतसँग १० विकेटले पराजित


काठमाडौं – एसीसी यू–१९ एसिया कपको अन्तिम खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएको छ ।

नेपालले दिएको ५३ रनको लक्ष्य भारतले ७.१ ओभरमा बिना कुनै विकेट पूरा गरेको हो ।

भारतले अर्शिन कुलकर्नीले ४३ रन बनाएका थिए भने आदर्श सिंहले १३ रन बनाएका थिए ।

त्यसअघि नेपाल २२.१ ओभरमा ५२ रन बनाउँदा सबै विकेट गुमाएको थियो ।

नेपाल लगातार तेस्रो हार ब्यहोर्दै एसिया कपबाट बाहिरिएको हो ।

नेपाल यसअघि पाकिस्तान र अफगानिस्तासँग पनि पराजित भएको थियो ।

 

 

प्रतिक्रिया