


राष्ट्रिय सभा निर्वाचनः ५ दलले गरे निर्वाचन आयोगमा दल दर्ता

काठमाडौं – राष्ट्रियसभा निर्वाचनका लागि अहिलेसम्म दिउँसोसम्म पाँच राजनीतिक दलले दल दर्ताको निवेदन दिएका छन् ।
माघ ११ गते हुने निर्वाचनका लागि दल दर्ताको दोस्रो दिनसम्म पाँच दलले दर्ताको निवेदन दिएका हुन् ।
राष्ट्रियसभाको निर्वाचनमा भाग लिन नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनमत, नेपाल मजदूर किसान पार्टीले आयोगमा निवेदन दिएका हुन् ।
आयोगका एक पदाधिकारीका अनुसार नेपाली कांग्रेस, जसपा र लोसपा लगायतका दल अहिलेसम्म आयोग पुगेका छैनन् ।
आगामी माघ ११ गते हुने निर्वाचनका लागि आइतबारबाट दल दर्ताका लागि आयोगले सुचना जारी गरेको थियो । मंसिर २९ गतेसम्म दल दर्ता गर्न सकिने आयोगले जनाएको छ ।

